क्रिकेट लिग-२ : नेपालले अन्तिम सिरिज कीर्तिपुरमा खेल्नुअघि युएईको भ्रमण गर्ने
नेपालले ३१ दिनभित्रै १२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम दुई सिरिजमध्ये एक युनाइटेड अरब इमिरेट्स (युएई) मा खेल्ने भएको छ । त्यसैगरी लिग-२ अन्तर्गतको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्ने भएको छ ।
आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल, युएई र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित सिरिज युएईको दुबईमा फेब्रुअरी २७ देखि मार्च ६ सम्म चल्नेछ ।
उक्त सिरिजअन्तर्गत नेपालले पहिलो खेल पीएनजीविरुद्ध फेब्रुअरी २७, दोस्रो खेल युएईविरुद्ध मार्च २, तेस्रो खेल पीएनीविरुद्ध मार्च ३ तथा अन्तिम खेल युएईविरुद्ध मार्च ६ मा खेल्नेछ ।
त्यसपछि मार्च ९ देखि १६ सम्म त्रिवि क्रिकेट मैदानमा हुने सिरिजका लागि युएई र पीएनजीले नेपालको भ्रमण गर्ने तालिका रहेको छ ।
उक्त सिरिजअन्तर्गत नेपालले पहिलो खेल पीएनजीविरुद्ध मार्च ९, दोस्रो खेल युएईविरुद्ध मार्च १२, तेस्रो खेल मार्च १३ मा पीएनजी तथा अन्तिम खेल युएईविरुद्ध मार्च १६ मा खेल्ने छ ।
ती दुई सिरिज अघि नेपालले त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ सम्म नामबिया र स्कटल्यान्डसँगको सिरिज खेल्दैछ ।
पछिल्लो तालिका अनुसार नेपालले ३१ दिनभित्रै १२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया