शहीदको सम्मानमा बलिदान होइन योगदान गरौँः मेयर बालेन्द्र साह

काठमाडौँ - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बलिदान नभइ देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन् । सोमबार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले अमर शहीदहरूको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रूपमा विश्वसामु परिचित हुन पाएको बताए । शहीदहरूले आफ्ना सन्ततिहरूको उज्वल भविष्यको लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभइ देशका लागि योगदान गरेर देखाउनुपर्ने उनको भनाइ छ ।
शहीदको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको उनले बताए । शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरूको आत्माले शान्ति पाउने उनको भनाइ छ । ‘अमर शहीदहरूको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रूपमा विश्वसामु परिचित हुन पाएका छौँ । शहीदहरूले आफ्ना सन्ततिको उज्वल भविष्यको लागि प्राण आहुति नै गर्नुभयो,' उनले भने, 'हामी सन्ततिहरूका लागि उहाँहरूको सुनौलो सपना थियो । आज शहीदहरूले देख्नुभएको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको छ । शान्त, समृद्ध र विकसित नेपाल बनाउन सक्यौँ भने मात्र अमर शहीदहरूको आत्माले शान्ति पाउँछ । अमर शहीदहरूको सपना साकार पार्न सबै आफ्नो आफ्नो ठाउँबाट आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सबै समक्ष यही अनुरोध छ । इतिहासको यस कालखण्डमा अब बलिदान होइन, योगदान गर्नेतर्फ हाम्रा पाइलाहरु अग्रसर हुनुपर्छ ।’

जनताको अपेक्षाअनुसार प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयोः प्रधानमन्त्…

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

प्रतिक्रिया