उपलब्धिहरू प्राप्तिको श्रेय सहिदहरूलाई जान्छ : उपराष्ट्रपति

काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय सहिदलाई नै जाने बताएका छन् । उनले ‘सहिद दिवस–२०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सम्पूर्ण सहिदहरूको योगदानको उच्च मूल्याङ्कन र सहिद परिवारजनमा उच्च सम्मान व्यक्त गरेका छन्।
उनले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक क्रान्ति तथा सङ्घर्षमा आफ्नो जीवन आहुति दिने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । “नेपाली जनताको लामो राजनीतिक सङ्घर्षपछि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर सहिदहरुको बलिदानीबाट प्राप्त यी उपलब्धिहरु सविधानमार्फत संस्थागत छन्”, उनले भनेका छन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया