गण्डकी सरकारको प्रवक्तामा रोशनबहादुर गाहा

पोखरा- गण्डकी प्रदेशको प्रवक्ता परिवर्तन गरिएको छ । सीता सुन्दासलाई परिवर्तन गराएर रोशनबहादुर गाहा थापालाई प्रवक्ता तोकिएको हो ।
माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट आन्तरिक मामिला तथा कानुन मन्त्री थापा प्रवक्तामा नियुक्त भएका हुन् । यसअघि सरकारको प्रवक्ता सीताकुमारी सुन्दास थिइन् ।
पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसँगै थप ३ मन्त्रीले सपथ लिए पनि उनीहरूले जिम्मेवारी पाएका थिएनन् । उक्त मन्त्रिपरिषद्लाई मुख्यमन्त्री अधिकारीले माघ १० मा पूर्णता दिएर जिम्मेवारी समेत तोकेका थिए । त्यसको भोलिपल्ट बसेको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री गाहाले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
गाहा प्रदेश सभा सदस्यमा दोहोरिएर जित्ने एमालेका एक मात्र सांसद हुन् । संविधानसभा सदस्य समेत रहिसकेका उनी नवलपुरका क्षेत्र नम्बर १ ख बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

प्रतिक्रिया