काेभिड संक्रमणले कीर्तिमान कायम गरेकै दिन प्रधानमन्त्रीले गरे विश्वासको मत लिने निर्णय

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिने भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले उक्त जानकारी दिएका हुन । काेभिड-१९ को संक्रमणले किर्तिमान कामय गरेकै दिन प्रधानमन्त्री ओलीले यस्ताे निर्णय लिएका हुन् ।
‘म अब विश्वासको मत लिन्छु,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘संसद्को अधिवेशन बोलाएर विश्वासको मत लिनेछु । यस विषयमा म राष्ट्रपतिलाई जानकारी गराउने छु ।’
संसद्कोे बजेट अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्रीले आइतबार दिउसो नै राष्ट्रपतिसँग छलफल गरेका थिए । उनले त्यही अनुरुप नै मन्त्रिपरिषदलाई जानकारी गराएका हुन् । कोभिड-१९ को महामारी देखाएर उनले विश्वासको मत लिने तयारी गरेका हुन ।
उनी मन्त्रिपरिषदको बैठक चलिरहेकै बीचमा उठेर राष्ट्रपतिकोमा गएर आउने बताएका थिए । उनले त्यहाँ आगामी बैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारी रहेको उनका प्रेस सल्लाहार सूर्य थापाले बताए ।
‘उहाँले अब विश्वासको मत लिनुहुनेछ,’ थापाले भने, ‘अन्य विषयमा छलफल भइरहेको छ । कोभिड संकट निवारणको लागि नै मन्त्रिपरिषद् छलफल केन्द्रित रहेको होला। भएको निर्णयबारे जानकारी छैन ।’

हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

प्रतिक्रिया