नेपाल-भारतबीच १३ नाका नियमन २२ नाका बन्द
आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द

काठमाडौँ : कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सिफारिसलाई सदर गर्दै सरकारले नेपाल-भारतबीच रहेका १३ नाकामात्रै खुला गर्ने निर्णय गरेको छ । नेपालले २२ नाका बन्द गर्ने र खुलेको १३ नाका पनि नियमन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
शुक्रबार बसेको सीसीएमसीको आकस्मिक बैठकले भारतसँगको साना-ठूला तर मुख्य आउजाउ हुने ३५ नाकामध्ये १३ वटा मात्रै खुल्ला गर्ने निर्णय गरेको हो । यसका साथै मन्त्रिपरिषदले अन्तराष्ट्रिय उडान बुधबारबाट बन्द गर्ने निर्णयसँगै आन्तरिक उडान सोमबारबाटै बन्द गर्ने निर्णय लिएको छ ।
काेभिड-१९ संक्रमणको जोखिम कम गर्न आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान बन्द गर्न निर्णय गरेको हो । हाललाई दुवै उडान वैशाख मसान्तसम्म बन्द हुने बताइएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर्ड उडानलाई अनुमति दिइने पनि उल्लेख छ। मन्त्रिपरिषदले कोभिड नियन्त्रणका लागि आम नागरिकले पनि धैर्यता देखाउनुपर्ने भन्दै सरकारले सबै पाटोमा अडेर काम गर्ने बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया