नर्समैत्री नीति बनाउन सक्रिय भूमिका खेल्छौं : स्वास्थ्यमन्त्री

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री नीति बनाउनका लागि सक्रिय भूमिका खेल्ने बताएका छन् ।
बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरूको सेवा–सुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने उनले बताए । नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौंमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बिरामीको उपचारमा नर्सको भूमिका महत्वपूर्ण हुने भएकाले नर्सहरूलाई राम्रो सेवा दिइनुपर्ने बताए ।
संवेदनशिल पेसा भएकाले नर्सहरूमा धैर्यता जरुरी रहने उनकाे भनाइ छ । ‘तपाईंहरू यो पेसामा आउँदाखेरी नै यो पेसाका चुनौती के–के हुन् भन्ने थाहा पाएरै आउनुभएको छ । त्यसैले जस्तोसुकै बेलामा पनि धैर्यता चाहिन्छ । तपाईंहरूको सानो लापरबाहीले एक जनाको ज्यान जानसक्छ । उसका बालबच्चा टुहुरा हुनसक्छन् र आफन्तले परिवारको सदस्य गुमाउँछन् । त्यसैले नर्सहरूको काँधमा ठूलो अभिभारा हुन्छ ।’
संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा विद्यालयमा समेत नर्स राख्नेगरी योजना अघि बढिरहेको भन्दै यसले कार्यले नर्सहरूका लागि पनि रोजगारीका थप ढोकाहरू खुल्ने उनले बताए ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया