शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

अयोध्यापुरीको सतसङ्गले संस्कृति मन्त्री दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले वैशाख ६ गते कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि भन्दै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गर्‍यो । जोखिम न्यूनीकरणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने, अनलाइन कक्षा चलाउने, पार्टी प्यालेस तथा जिमहल लगायतमा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने निर्णय गराएर सोही दिन प्रधानमन्त्रीले बालुवाटारमा उनको दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक भनेर १०० जनाभन्दा बढीको भेला गरे । 

त्यसको भोलिपल्ट प्रधानमन्त्रीले आफ्नै निवास बालुवाटारमा चितवनको अयोध्यापुरीमा विधिवत रूपमा स्थापना गर्न राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिपूजन कार्यक्रममा आयोजना गरी भीडभाड गरे । त्यही भीडभाडदेखि मूर्ति स्थापनाको कर्तव्य निभाउन अयोध्यापुरी पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल र उनकी श्रीमतिलाई कोरोना भाइरस संक्रमण भएको छ । 

अयोध्यापुरीको सतसङ्गमा उनी निधारमा चन्दन लगाएर बिना मास्क भीडभाडमा सक्रिय थिए । उनले आज आफू र श्रीमति इन्द्रा फुयाँल संक्रमित भएको भन्दै ट्वीटमार्फत उनको सम्पर्क (कन्ट्याक्ट) मा आएकाहरूलाई सचेतना अपनाउन आग्रह गरेका छन् । 

मन्त्री ढकाल र उनकी श्रीमति इन्द्रा फुयाँल