नेपाल आइसकेको मोन्टीलाई प्रशिक्षक घोषणा गर्न क्यान किन असमर्थ ?
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि भारतीय नागरिक मोन्टी देसाई शनिबार नै नेपाल आइपुगे ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा नेपाल, स्कटल्यान्ड र नामिबियासम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजलाई लक्षित गर्दै क्यानले देसाईलाई प्रशिक्षक नियुक्त गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ सम्म (फागुन २ देखि ९ गतेसम्म) हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा समेत डाकिसकेको छ ।
तर देसाई प्रशिक्षकको रुपमा नेपाल आइसकेको भए पनि क्यान भने उनलाई सार्वजनिक रुपमा प्रशिक्षक नियुक्त भएको घोषणा भने गर्न सकेको छैन ।
तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भने देसाईलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्तिको लागि अहिलेसम्म अनुमति दिएको छैन । जसका कारण क्यानले औपचारिक रुपमा देसाईको नियुक्तिबारे जानकारी गराउन असमर्थ छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले देसाईको नियुक्तिका लागि अनुमति दिए पनि श्रम स्विकृतिका लागि सहज हुने अपेक्षासहित क्यानले राखेपको अनुमति मागेको थियो । तर राखेपले भने अहिलेसम्म अनुमति भने दिएको छैन ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया