पोखरामा एक दिने सामुदायिक रोजगार मेला सम्पन्न

काठमाडौँ- पोखरामा एक दिने सामुदायिक रोजगार मेला सम्पन्न भएको छ । पोखरा महानगरपालिका १३ ले शनिबार आयोजना गरेको सामुदायिक मेलामा १ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन्।
वडा १३ ले कुनै पनि नागरिकहरू बेरोजगार नरहुन् भन्ने उद्देश्यले आयोजना गरेको सामुदायिक मेला भएको थियो । रोजगारी मेलामा विशेषगरी गृहिणी महिला र युवाहरूको सहभागी थियो । महिलाको सीप विकास कार्यक्रम, सिलाइ-बुनाइ, विज्ञान प्रविधि सम्बन्धी र होटलसँग सम्बन्धित कार्यक्रमहरू समावेश भएका थिए ।
स्थानीय रोजगार मेलामा महिलाहरूको सहभागीता बढी रहेको वडा अध्यक्ष किरण बरालले जानकारी दिए ।
मेलामा सहभागी अवलोकनकर्ताको भनाइ उद्दृत गर्दै बरालले भने,’ यो कार्यक्रम राम्रो हो । यसलाई व्यवहारीक लागू गर्नुपर्छ । बेरोजगार भएकालाई बढी भन्दा बढी सहभागी गराउनुपर्छ ।‘
अध्यक्ष बरालले करिब १५० जना सहभागीहरूको बायोडाटा संकलन गरिएको जानकारी दिए । उनले थपे,’बायोडाटा संकलन गरिएका युवा तथा महिलाहरूको रोजगारी खुलेको स्थानमा काम खुलेमा हामीले बोलाएर जानकारी दिन्छौ । काम खुलेको स्थानमा जानलाई आग्रह गर्छौ ।‘

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया