अमेरिकामा एकैदिन पौने दुई लाख कोभिड-१९ संक्रमित

कोभिड-१९ बाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस संक्रमित भएका छन् ।
विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले पनि संक्रमितको संख्या दिन प्रतिदिन बृध्दि हुँदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा एक लाख ७७ हजार मानिस संक्रमित भएका छन् ।
एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो भएको पनि अधिकारीहरुलाई उद्धृत गर्दै वासिङ्टन पोष्टले उल्लेख गरेको छ । अहिले सवै राज्यहरूमा संक्रमितहरूको संख्यामा बृध्दि हुँदै गएको र कम्तीमा दश राज्यमा यो संख्या उच्च रहेको अधिकारीहरूले जनाएका छन् । सङ्क्रमितको संख्यामा बृध्दि हुँदै गएपछि स्थानीय सरकारी अधिकारीहरूले सतर्कता अपनाउन आह्वान गर्दै आएका छन् ।
मास्कको प्रयोगको विपक्षमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतीय निर्वाचनबाट पराजित भएपछि स्थानीय अधिकारीहरूले पनि मास्कको प्रयोगलाई जोड दिन थालेका छन् । कतिपय ठाउँमा मास्कको प्रयोग अनिवार्य नै गरिएको छ । जबकी यसअघि सरकारी अधिकारीहरूले नै मास्कको प्रयोगलाई अनिवार्य गर्नु अलोकतान्त्रीक र स्वतन्त्रता विपरित हुने तर्क गरेका थिए ।
सरकारी अधिकारीहरूले अहिले सकेसम्म घरमै रहेर मात्रै गतिविधिह गर्न, बाहिर सकेसम्म ननिस्कन, निस्केपनि मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, भिडभाड नगर्न, गर्नै परेपनि मापदण्ड पालना गरेर अति न्युन संख्यामा मात्र गर्न आग्रह गरेका छन् ।
अमेरिकामा अहिलेसम्म एक करोड सात लाख २८ हजार ४ सय ९७ जना सङ्क्रमित भएको हकिङ्स विश्वविद्यालयले जनाएको छ । (रासस)

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

भारतको औषधि कारखानामा विस्फोट : मृतकको संख्या ३६ पुग्यो

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

अटोपायलटले काम नगरेपछि मस्कमाथि करोडौं डलर जरिवाना हुन सक्ने

इरानमा विनाश गर्न गएको अमेरिकी ‘बंकर बस्टर’ नक्कली !

वार्ता पुनः सुरु हुनअघि अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान
चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम…

प्रतिक्रिया