बलिउडले ढोका बन्द गरेपछि तेलगु छिर्दै रिया

मुम्बई : सुशान्त राजपूत सिंहसँग अफेयरमा रहँदा थुप्रै निर्माताले रिया चक्रवर्तीलाई लिएर फिल्म बनाउने घोषणा गरेका थिए । तर, सुशान्तको मृत्युसँगै यसरी घोषणा गर्ने कसैले पनि रियालाई लिएर फिल्म बनाउने हिम्मत गरेनन् ।
पहिले नै बनिसकेको ‘चेहेरे’ले समेत रियालाई पोस्टरमा अटाउने हिम्मत गरेन । भलै रिलिजको संघारमा आएर त्यो फिल्म सर्यो । यता बलिउडले ढोका नखोल्ने छाँट देखेपछि रियाले तेलगु फिल्मबाट करिअर ब्युँताउने प्रयास थालेकी छिन् ।
अघिल्लो हप्ता मात्र रिया निर्माता भेट्न हैदराबाद पुगेको स्पटब्वाईले समाचार छापेको छ । स्पटब्वाईले तेलगुको एक हिरोलाई उद्धृत गर्दै तेलगु फिल्म उद्योग रियालाई स्वागत गर्न तयार रहेको समाचार लेखेको छ ।
‘उनको व्यक्तिगत जिन्दगीमा के भइराछ हामी मतलब गर्दैनौं । रिया प्रतिभाशाली अभिनेत्री हुन् । उनलाई स्वागत छ । तर, यत्ति हो उनले जथाभावी पैसा चैं माग्न भएन,’ ती हिरोले भनेका छन् । बलिउडका अभिनेत्रीले दक्षिणतिरका फिल्म गर्दा ३ करोड देखि ९ करोडसम्म माग्ने गरेका छन् र पाउने गरेका पनि छन् ।
यता रियाको अभिनय यात्रा पनि तेलगु फिल्मबाट नै सुरु भएको थियो । सन् १०१२ मा प्रदर्शन भएको ‘तुनेगा तुनेगा’ शीर्षकको फिल्मबाट रियाले अभिनयमा डेब्यू गरेकी थिइन् । यसपछि भने रियाले बलिउडतिरै संघर्ष गर्न थालेकी थिइन् । अहिले बलिउडमा तत्काल मौका पाउने छाँट नदेखेपछि रियाले तेलगुमै भए पनि काम गर्ने सोच बनाएकी छिन् ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_WPQSq9fQ4S_m2ppmqjil2vrzo2fzry4z5gxanoknphhrba0lzugidrr32buencajbtgdmtz.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया