कोभिड-१९ संकट : जुम्लामा कार्यरत चिकित्सकसतिहको टोली नेपालगन्ज आइपुग्यो

नेपालगन्ज : नेपालगन्जको भेरी अस्पतालको कोभिड-१९ वार्डमा सहयोगका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकसतिहको टोली आइपुगेको छ । भेरी अस्पतालमा जनशक्तिको चरम अभाव भएपछि सहयोगका लागि उक्त टोली नेपालगञ्ज आइपुगेको हो ।
प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा.प्रविण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको ६ सदस्यीय टोली नेपालगन्ज आइपुगेको भेरी अस्पतालले जनाएको छ । टोली आजैदेखि भेरी अस्पतालको कोभिड वार्डमा खटिने अस्पतालको भनाई रहेको छ ।
ईन्चार्ज गिरीसहित टोलीमा डा अरुण श्रेष्ठ, डा हरि न्यौपाने, नर्सहरू सुष्मिता खड्का, तेन्जीङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा संलग्न रहेका छन् । टोलीले दुई हप्ता सम्म भेरी अस्पतालमा रहेर सहयोग गर्ने बताइएको छ ।

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

प्रतिक्रिया