‘कसैले भनेर होइन मेरो आफ्नै इच्छाले माओवादीमा आएँ’
बुटवल : आज आइतबार मात्रै नेकपा माओवादी केन्द्र प्रवेश गरेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले कसैको दबाबमा नभइ आफ्नै खुसीले पार्टी परित्याग गरेको बताएकी छन् । एमालेले आफ्नो सांसदलाई विपक्षीले अपहरण गरेको आरोप लगाइरहेको बेला वलीले बुटवलमा पत्रकार सम्मेलन गरेर आफ्नै खुसीले माओवादी केन्द्रमा प्रवेश गरेको बताएकी हुन् ।
उनले आफू निर्वाचित हुँदा नेकपा बाट भएको र धेरै सहयोग माओवादीबाट पाएकोले अहिले माओवादीमा लागेको बताइन् । विमलाका श्रीमान तथा प्रदेश सभा सदस्य उत्तमकुमार वलीको निधनपछि उपनिर्वाचनमा नेकपाले उनलाई उमेद्वार बनाएको थियो । उक्त निर्वाचनबाट विमला प्रदेश सभा सदस्य निर्वाचित भएकी हुन् ।
‘म निर्वाचित भएर आउँदा नेकपा थियो । श्रीमान्को निधन भएपछि म यहाँ आएँ । त्यतिखेर मैले माओवादी एमाले भन्ने पनि चिन्दैनथेँ म सामान्य गृहिणी,’ उनले भनिन्, ‘मलाई यो माओवादी एमाले भन्ने मतलब थिएन । मलाई बढी सहयोग माओवादीहरुले गरेको हुनाले मैले मेरो इच्छाले नै यो दल रोजेर आएँ ।’

मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रतिक्रिया