युनाइटेड र लिभरपुलबीचको खेल प्रिमियर लिगकै सबैभन्दा ठूलोः सोल्स्यार

काठमाडौँ: इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दैछन् । इंग्लिस फुटबलका दुई परम्पारिक शक्तिको भेट ओल्ड ट्रार्फोडमा हुनेछ । दुई ठूला टिमको भिडन्तले यसपटकको लिग उपाधि दौडमा केही फरक पर्ने देखिदैँन । यद्यपि उनीहरुबीचको खेल इंग्लिस फुटबलकै सबैभन्दा ठूलो भएको ओलो गनर सोल्स्यार बताउँछन् ।
‘म्यानचेस्टर युनाइटेड र लिभरपुल ऐतिहासिक क्लब हुन् । त्यसकारण, दुईटिमबीचको खेल सधैँ महत्वपूर्ण रहन्छ । मेरो विचारमा यो प्रिमियर लिगकै सबैभन्दा ठूलो खेल हो,’ सोल्स्यारले म्यानचेस्टर युनाइटेड टिभीसँग कुरा गर्दै भनेका छन् ।
गत सिजनको प्रिमियर लिग च्याम्पियन लिभरपुल यस पटक भने खस्केको छ । योर्गन क्लपको टिमले ३३ खेलबाट जम्मा ५४ अंक बनाएको छ । उता युनाइटेड भने लिगको दोस्रो स्थानमा छ । सोल्स्यारको टिमले ६७ अंक बनाएको छ । लिभरपुललाई अंक तालिकामा पछाडि छाडेपनि युनाइटेडको म्यानचेस्टर सिटीको भन्दा १३ अंक कम छ ।
यस सिजनको अघिल्लो भेटमा दुबै टिमले गोल गर्न सकेका थिएनन् भने एफए कपमा युनाइटेड विजयी बनेको थियो । अघिल्लो सिजन लिभरपुल एनफिल्डमा भएको खेलमा विजेता बन्दा ओल्ड ट्रार्फेडको खेल भने बराबरीमा टुङ्गेको थियो ।
यस पटक भने युनाइटेड बलियो देखिएको छ । कमसेकम अंक तालिकाको स्थान र पछिल्लो लयका आधारमा । ‘खेलाडीका रुपमा र प्रशिक्षकका रुपमा लिभरपुलको सामना गर्दा कहिले खुशी र कहिले दुखी हुनु परेको छ । यस पटक सकारात्मक ननिजा निकाल्ने बाहेको अर्को लक्ष्य विकल्प छैन,’ सोल्स्यार भन्छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया