'दैनिक २६०० सिलिन्डर अक्सिजन भर्ने क्षमता छ'

काठमाडौं : मुलुकभरका अस्पतालहरूसँग दैनिक २ हजार ६ सय सिलिन्डर अक्सिजन भर्न मिल्ने क्षमता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । अक्सिजन उत्पादन पर्याप्त हुने भए पनि सिलिन्डरको कृत्रिम अभाव सिर्जना भएकाले अक्सिजनको आपूर्तिमा समस्या देखिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
देशभरका अस्पताहरूमा २५०० देखि ३००० सम्म सिलिन्डर रहेको उनले जानकारी दिए । त्यसबाहेक अन्य प्रयोजनका लागि थुप्रै सिलिन्डर रहेको उनले बताए । सिलिन्डर घरमै स्टक गरेर राख्ने, कालोबजारी, अन्य प्रयोजनमा सिलिन्डरको प्रयोग जस्ता कारणले सिलिन्डरको अभाव भएको उनको भनाइ छ । केही दिनमा २० हजार सिलिन्डर विदेशबाट ल्याउने तयारी समेत गरिरहेको छ ।
यो पनि पढ्नुहोस् :
विश्व बैंकले दिएको ऋणमा अक्सिजन सिलिन्डर किन्दै सरकार
अक्सिजन नपाएर दुई शिक्षकको मृत्यु
पूर्वस्वास्थ्यमन्त्री चौधरीले पाएनन् अक्सिजन

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया