धनुषामा पनि ११ दिनका लागि निषेधाज्ञा

जनकपुरधाम : कोभिड-१९ संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएपछि धनुषामा पनि मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठकले आइतबार यो निर्णय गरेको हो ।
संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि बैशाख २१ गते मंगलबर बिहान ६ बजेदेखि लागु हुने गरी ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय भएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिनेछ । निषेधाज्ञा उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्तोलालले जानकारी दिएका छन् ।
बैठकबाट निषेधाज्ञासँगै हाल बढ्दै गएको संक्रमितहरुको संख्याले प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड शाखाले धान्न नसक्ने अवस्था रहेको हुनाले प्रयोगविहीन रहेको मणिपाल कलेजको भवनलाई आइसोलेशनका लागि आवश्यक पुर्वाधार तयार गर्न प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ । मणिपालका साथै पछिल्लो कोरोनाको लहरमा संचालनमा रहेको गुगंलीस्थित आयुर्वेद कलेज र सपहीको रमदैयामा रहेको सीटीईभीटीको भवन भाडामा लिई आवश्यक पुर्वाधार तयार गरी आइसोलेशन कक्ष संचालनमा ल्याउन सम्बन्धित समाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरिएको प्रजिअ वास्तोलाले जानकारी दिएका छन्।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया