माओवादीतिर लागेकी वलीको 'सांसद पद' के हुन्छ ?

काठमाडौं : दल बदल्ने सांसदहरू भकाभक निस्कासन परिरहेकै बखत लुम्बिनी प्रदेश सभा सांसद बिमला वलीले माओवादी केन्द्र रोजेकी छन् । उनी नेकपाबाट उपनिर्वाचन जितेकी थिइन् । त्यतिखेर एमाले र माओवादी एकीकृत थिए । उनी सूर्य चिन्हबाट चुनाव जितेकी हुन् ।
‘एकीकृत हुँदाका अवस्थामा चुनाव जित्नेको हैसियत के हुन्छ ?’ अवस्था अन्यौलपूर्ण छ । उनलाई निस्कासन गर्न सक्ने या नसक्ने विषय राजनीतिक र कानुनी बहसको विषय बनेको छ । वलीले दाङ ३ (ख) बाट उपनिर्वाचन जितेकी थिइन् ।
‘हामी त्यो विषयमा हामी कन्फ्युजनमा छौं’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले इकागजसँग भने, ‘त्यो विषयमा अदालतले केही बोलेको छैन । अर्काे त, निर्वाचन आयोगलाई त्यो विषयमा हेर्ने अधिकार पनि छैन । त्यो त संसद र सभामुखले नै निर्णय लिने विषय हो । आयोगलाई पद खालि भएपछि मात्रै जानकारी आउने हो । खालि भएका ठाउँमा निर्वाचन गराइदिनेसम्म हो ।’
नेकपा बनिसकेपछि तीनै तहमा उपनिर्वाचनका आधारमा जनप्रतिनिधि बनेका थिए । आयोगका अनुसार, प्रतिनिधि सभामा एक, राष्ट्रिय सभामा १६, प्रदेश सभामा १ र स्थानीय तहमा ३२ जनाले नेकपाको नामबाट चुनाव जितेका छन् । नेकपाको सूर्य चिन्हबाट विजयी भएकाहरूको हकमा दलीय हैसियतमा समस्या सिर्जना भएको हो ।

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

प्रतिक्रिया