शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

आरपीएस मार्फत गरिने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क घटाइयो

काठमाडौँ- नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्ना आरपीएसर कनेक्ट आइपीएसका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरूको कारोबार शुल्क घटाएको छ । आरपीएस मार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्टआईपिएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरूमा अब रु. १०,००० सम्मको भुक्तानी मा रु.२ र सो भन्दा माथी रु. २० लाख सम्मको भुक्तानीमा रु.५ कारोबार शुल्क लागू हुने कम्पनीले जनाएको छ ।

 हाल एनसीएचएलका वालेट एप मार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यम मार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्दछन् ।   चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एनसीएचएलका विभिन्न च्यानलहरू मार्फत सरकारी राजस्व भुक्तानीका रु ११४ अर्ब बराबरका ९ लाख ७० हजार भन्दा बढी भुक्तानी कारोबारहरू भएका छन् ।

एनसीएचएलले गत ५ वर्ष देखि सरकारी भुक्तानीहरू डिजिटाइज गर्न सरकारी निकाय सँग समन्वय गर्दै आएको छ भने गत आर्थिक वर्ष लगभग २०% जति राजस्व संकलन अनलाइन माध्यमबाट गराउन पनि सफल भइसकेको छ । आगामी वर्षहरूमा यस्ता अनलाइन संकलन अझै बृद्धी हुने अपेक्षा गरिएको छ । 

सरकारी राजस्व संकलनका निम्ति विभिन्न निकायहरूमा कनेक्टआईपिएस गेटवेको रुपमा पनि जोडिएको छ । हालै सो गेटवेमा मोबाइल बैंकिङ्ग वा वालेट एप मार्फत पनि स्क्यान गरी भुक्तानी गर्न सकिने गरी नेपाल पे क्यू आर जडान गरिएको छ ।  भुक्तानीकर्ताले सरकारी राजस्व संकलन गर्ने निकायहरूका वेबसाइटबाट प्राप्त भएको कारोबार संकेत नम्बरको आधारमा आरपीएस सँग जोडिएका मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, वालेटको एप, कनेक्टआईपिएसको वेबसाइट वा मोबाइल एप, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाहरू मार्फत सो भुक्तानी गर्न सक्दछन् । 
 

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम