बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै : को-को हुँदैछन् मन्त्री ?
मकवानपुर- बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । पाँच दलको सहभागीता रहेको बागमतीमा ३ दलबाट मन्त्री हुँदैछन् । दुई दलले भने मन्त्रालयको दाबी छाडेका छन् ।
मुख्यमन्त्री, आर्थिक योजना मन्त्री र अर्को एक मन्त्रालयको लागि ३ सदस्यीय मन्त्रिपरिषद् रहेको छ । अब आज ८ जना मन्त्रीहरू नियुक्त हुनेछन् । तीन दलको सहभागिता रहने बागमतीमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालय भागवण्डा गरेर लिएका छन् ।
सरकारमा रहेको सबैभन्दा ठुलो दल एमालेले पाउने मन्त्रालयमा मकवानपुरका सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यसैगरी एमालेका सांसद रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एमालेका अर्का सांसद केशव पोखरेलले प्रदेशको पशुपन्छी तथा कृषि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रले सांसद युवराज दुलाललाई भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी दिने भएको छ । माओवादीकी सांसद कुमारी मोक्तानलाई फेरि पनि सामाजिक विकास मन्त्री बन्दैछिन् ।
यसैगरी माओवादी केन्द्रले आन्तरिक मामिला मन्त्री पाउने भएको छ । आन्तरिक मामिला मन्त्रीमा माओवादीका गंगानारायण श्रेष्ठलाई नियुक्त हुने बागमती प्रदेशका सांसद युवराज दुलालले इकागजलाई बताए ।
यस अघि नै मन्त्री भएका राप्रपाका उद्धव थापाले खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय पाएका छन् ।
त्यसैगरी पर्यटन, उद्योग तथा सहकारी मन्त्री र वन तथा वातावरण मन्त्रालय राप्रपाले पाउने भएको छ । राप्रपाले भने मन्त्री हुने अन्यको नाम सार्वजनिक गरेको छैन ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया