कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि

कैलाली- कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘लिटल फ्लावर प्रिमियर लिग (एलपीएल–७) सातौँ संस्करणको उक्त प्रतियोगितामा १० विद्यालयको सहभागिता रहने छ ।
सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले लिग चरणमा चार–चार खेल खेल्ने छन् । समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । उद्घाटन खेल लोटस आइ अत्तरिया र सत्यवती एकेडेमी अत्तरियाबीच हुनेछ । आगामी फागुन ६ गते फाइन खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले रु दुई लाख ५१ हजार एक सय ११ र उपविजेताले रु एक लाख २५ हजार पाचँ सय २५ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २० हजार तथा उत्कृष्ट बलर र ब्याटरले रु १०÷१० हजार पुरस्कार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीलाई रु पाँच हजार र प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई रु दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ । रासस

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया