नेपाल कानून समाजकाे चालीस वर्ष पूरा

काठमाडौं– निरंकुश–निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध संवैधानिक–कानुनी लडाइँ लड्न खोलिएको ‘नेपाल कानून समाज’ चालीस वर्ष पूरा गरी ४१ वर्षमा प्रवेश गरेको छ । ख्यातिप्राप्त कानुन व्यवसायीहरू शम्भुप्रसाद ज्ञवाली, कुसुम श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, गणेशराज शर्मा लगायतको अग्रसरता पञ्चायती संस्थाहरूको ज्यादतीविरुद्ध र न्यायिक स्वतन्त्रता पक्षमा संघर्ष गर्ने सोचबाट समाज स्थापित भएको हो ।
समाज २०३८ सालमा आजकै दिन विधिवत् स्थापना भएको थियो । समाज पञ्चायतकालमा तत्कालीन संविधान र कानुनलाई चुनौती दिने संस्थाका रूपमा लिइन्थ्यो । स्थापनायता समाजले संवैधानिक र कानुनी विषयमा निरन्तर अध्ययन, अनुसन्धान, विश्लेषणजस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएकाे छ ।
समाजले २०४७ को संविधानदेखि २०६३ अन्तरिम संविधान हुँदै हालको संविधानका विषयमा निरन्तर अध्ययन गरेको थियो ।
समाजले आज एक विज्ञप्ति जारी गर्दै अनेकन आरोह–अवरोह पार गर्दै कानुनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको विकासमा निरन्तरको प्रयासप्रति गर्व गर्दै भावी दिनमा अझ आफ्नो भूमिकालाई थप व्यवस्थित, परिमार्जित र परिणाममुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कानुनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाका लाभहरू तृणमूलस्तरका जनसाधारणसम्म पुग्नुपर्छ । हाम्रा सम्पूर्ण क्रियाकलापहरू त्यसै मान्यताबाट निर्देशित हुनुपर्छ भन्ने दृढ विश्वास रही आएको छ ।’
संविधान सभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र यसले परिकल्पना गरेको समावेशी लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि राज्यका तीनै अंग (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका), नागरिक समाज र सरोकारवालाहरू सबैले आफ्ना विगतप्रति निर्मम समीक्षा गर्दै कमजोरी नदोहोर्याउन र सकारात्मक पक्षको सम्वर्द्धन गर्न संकल्परत रहने उद्देश्यसहित सबैसँग हातेमालो गर्ने समाजले जनाएको छ ।

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रतिक्रिया