राप्ती सोनारीका सबै वडामा प्रसूति गृह निर्माण हुँदै

राँझा- बाँकेको राप्ती सोनारी गाउँपालिकाले एक वडा एक प्रसूति गृह निर्माण गर्ने नीति कार्यान्वयन सुरु गरेको छ । प्रसूति गृह नभएका वडामा भवन निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए ।
उनका अनुसार, प्रसूति गृह नभएको राप्ती सोनारी गाउँपालिका–६ मा भवन निर्माण सुरु गरिएको छ । वडा नं ६ फत्तेपुरको कमैयाँडाँडामा प्रसूति गृह निर्माण सुरु भएको छ । वडामा प्रसूति गृह नहुँदा सुत्केरी हुने महिलालाई वडा नं ७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले प्रसूति गृह निर्माणका लागि रू २५ लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।
राप्ती सोनारी –६ कमैयाँडाँडास्थित आधारभूत स्वाथ्य केन्द्र नजिकै तीन कोठे प्रसूति गृह निर्माण सुरु भएको राप्ती सोनारी गाउँपालिका–६ नं वडाध्यक्ष लवराज खरेलले बताए । वडामा प्रसूति गृह निर्माणपछि सुत्केरी हुन टाढा जानुपर्ने बाध्यता अन्त्य हुने उनले बताए ।
आधारभूत स्वास्थ्य केन्द्रमा गर्भवती जाँच भए पनि प्रसूति गृह नहुँदा सुत्केरी हुन फत्तेपुर स्वास्थ्यचौकी जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । राप्ती सोनारी गाउँपलिका जनसङ्ख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो ।
गाउँपालिकाको अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गाउँपालिका र भारतीय सिमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका छवटा गाविस खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिका ९ वडामा विभाजित छ ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया