उपमहानगरको नक्कली अनुमतिपत्र देखाउँदै नदीजन्य पदार्थ उत्खनन्

कैलाली - धनगढी उपमहानगरपालिकामा अनाधिकृत रूपमा नदिजन्य पदार्थ ढुंगा, बालुवा र ग्राभेल संकलन गरिरहेको पाइएको छ । धनगढी उपमहानगरपालिका-१७ भएर बग्ने खुटिया खोलामा जेसिबी प्रयोग गरेर अनधिकृत रूपमा नदिजन्य पदार्थ संकलन गरिरहेको पाइएको हो । अनधिकृत रूपमा नदिजन्य पदार्थ संकलन गरिरहेको जेसिबीलगायतका साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान टिम (आरआइटी) र ईलाका प्रहरी कार्यालय अत्तरियाको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको छाप र चलानी नम्बर नै नभएको पत्र देखाउँदै मंसिर ९ गतेदेखि खोलाबाट नदीजन्य वस्तुहरू उत्खनन् गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले दुई वटा जेसिबी, दुई टिप्पर र चार ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।
गत कात्तिक २० गते के.एस. कन्स्ट्रक्सन गौरीगंगा नगरपालिका ६ ले खोलामा जेसिबी प्रयोग गरी खोलाजन्य निर्माण सामग्री उत्खननका लागि ३२०० घनमिटर ग्राभेल उपमहानगरपालिकासँग अनुमति मागेसँगै उपमहानगरपालिकाले २ जेसिबी र पाँच वटा टिप्परलाई अनुमति दिएको थियो । सोही पत्रको आधारमा अहिलेसम्म खोलाबाट ग्राभेल उठाइरहेको उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताए । उनले अनुमति मागेपछि प्रयोग गर्न दिएको बताउँदै अहिलेसम्म कति ग्राभेल उठाए भन्ने आफूलाई जानकारी नभएको बताए ।
पुन: मंसिर ९ गते चलानी नम्बर र उपमहानगरपालिकाको छाप नै नभएको पत्रमा धनगढी ८ ठेगाना रहेको किंगमेकर बिल्डर्सलाई सोही ठाउँबाट २१९८ नम्बरको १ जेसिबी र २२४४८ र २२४५ नम्बरको २ ओटा टिप्पर प्रयोग गरी १०९७ घनमिटर ग्राभेल उठाउने अनुमति दिएको पत्र फेला परेको छ । तर खोलामा प्रयोग भैरहेको जेसिबी र टिप्परबाहेक चार वटा ट्र्याक्टर समेत फेला परेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अशोक सिंहले अवैध रूपमा खोलामा प्रयोग भएका साधनहरू नियन्त्रणमा लिएको पुष्टि गरे । उनले खोलामा अनुमतिविनै प्रयोगमा रहेका सवारीसाधनहरूलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय मालाखेती पठाइएको बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया