बागमतीमा को-को हुँदैछन् मन्त्री ?

मकवानपुर - मन्त्रालय बाँडफाँटमा आन्तरिक भागबन्डा नमिल्दा बागमती प्रदेश सरकारले मन्त्री परिषद्लाई पूर्णता दिन सकेको छैन । प्रदेश सरकार गठन भएको दुई साता बितिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीको सपथ लिएका थिए । सोही दिन अन्य दुई जनालाई मन्त्रीको जिम्मेवारी दिएका जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
मन्त्रालयको टुङ्गो लगाएर मात्रै मन्त्रिपरिषद् विस्तारमा लाग्ने तयारीमा मुख्यमन्त्री जम्कट्टेललागिरहँदा सत्ता साझेदार दलका सांसदहरूले भने मन्त्री बन्न लबिङ तिव्रता दिएका छन् ।
सांसदहरूले आफू अनुकुल मन्त्रालयका लागि पार्टीका शीर्ष नेतृत्वसँगको भेटलाई बाक्लो बनाएका छन् ।
हाल प्रदेशमा सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रबाट मन्त्रीमा आठ जनाको चर्चा रहेको छ । जसमा प्रदेशसभाकी पूर्वउपसभामुख राधिका तामाङ, पूर्वसामाजिक विकास मन्त्रीहरू युवराज दुलाल र कुमारी मोक्तान, पार्टीका प्रदेश अध्यक्ष सरल सहयात्री, नेताहरू गंगा नारायण श्रेष्ठ, युवराज चौलागाई, प्रेमबहादुर पुलामी र युवराज चौलागाईंको नाम चर्चामा रहेको छ ।
पुलामीले कुनै पनि हालमा आफूलाई एउटा मन्त्रालय दिनेमा पार्टी अध्यक्ष प्रचण्डनै कन्भिन्स भएको दाबी गरेका छन् ।
यता माओवादी केन्द्रले चार वटा मन्त्रालय दाबी गर्दै आएको छ ।
प्रदशे सरकारमा सबैभन्दा ठुलो दल एमालेले पाँच वटा मन्त्रालय दाबी गरिरहेको बेला पार्टीबाट मन्त्रीको आकाक्षीको रुपमा थप पाँच जनाको नाम चर्चामा रहेको छ ।
एमालेबाट प्रकाश श्रेष्ठ, केशवप्रसाद पोखरेल, भारती पाठक, एकालाल श्रेष्ठ, अमन कुमार मास्केलगायतको नाम चर्चामा छ । एमालेबाट जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् भने उपसभामुखमा अप्सार चापागाईं निर्वाचित भइसकेकी छिन् ।
यस्तै राप्रपाबाट प्रदेश सरकारको मन्त्रीमा कुमारी तामाङ, राजु विष्ट, डम्बरबहादुर तामाङ, लक्ष्मी घिमिरे, राजेन्द्र प्रजापतिलगायतले आकांक्षा व्यक्त गरेका छन् । राप्रपाबाट प्रदेशको सभामुखमा भुवन कुमार पाठक निर्वाचित भइसकेका छन् भने उद्धव थापा बिना विभागीय मन्त्री बनिसकेका छन् । मन्त्रालयको टुङगो लागेसंगै थापालाई एउटा मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ ।
सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य पनि मन्त्रीको लागि तीव्र लविङमा छन् । यस्तै सरकारलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले पनि शक्तिशाली मन्त्रालय आफूहरूले पाउनु पर्ने दाबी गरेको छ । पार्टीगत रूपमा एकीकृत समाजवादीले दुई वटा मन्त्रालय दाबी गरिरहँदा यो पार्टीबाट कृष्णप्रसाद शर्मा खनाल, लक्ष्मण लम्साल, बसन्तप्रसाद मानन्धर, रमा आले मगर, राजेन्द्रमान श्रेष्ठ लगायतले मन्त्री पदको लागि लभिङ गरिहेका छन् ।
बागमती प्रदेशमा कुल ११० सदस्यमध्ये कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकीपाको ३ र हाम्रो नेपाली पार्टीको दुई जना सांसद छन् ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया