बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

कैलालीका तीन स्थानीय पालिकामा दादुराका बिरामी भेटिए

फाइल तस्बिर

कैलाली - यहाँका तीन स्थानीय पालिकामा दादुराका बिरामी फेला परेका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगङ्गा नगरपालिकामा दादुरा संक्रमित बिरामी फेला परेका हुन्।

समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने भन्दै प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने तयारी स्वास्थ्य कार्यालय कैलालीले गरेको छ । धनगढी उपमहानगरपालिका १ को पशुपतिटोलमा भारतबाट आएका ४ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ।

यस्तै, गोदावरी नगरपालिकाको वडा नम्बर ३ र गौरीगङ्गाको वडा नम्बर ६ मा १/१ जनालाई दादुरा संक्रमण भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले संक्रमण देखापरेको स्थानमा खोप अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।