नेपाली मुलका एलेक्स कार्की अष्ट्रेलियाको सत्तारुढ दलबाट सांसद पदका उम्मेदवार

काठमाडौँ- पछिल्लो समय प्रवासमा नेपालीहरू बिभिन्न क्षेत्र, तह र तप्कामा उपस्थिति जनाउने क्रम बढ्दो छ । यही क्रममा अष्ट्रेलियाको सत्ताधारी लेबर पार्टीले नेपाली युवा एलेक्स कार्कीलाई सांसदको उम्मेदवार बनाएको छ । कार्की इन्जिनियर हुन । अष्ट्रेलियाको सत्तारूढ पार्टीले कार्कीलाई राज्य सांसदको उम्मेदवार बनाएको हो ।
अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयबाट ब्याचलर अफ इन्जिनियरिङ र मास्टर अफ रिसर्च (ट्रान्सपोर्ट प्लानिङ)को उच्च शिक्षा पूरा गरेका कार्की सिड्नीको बेलाभिस्टामा बस्दै आएका छन् । पेशाले इन्जिनियर भएता पनि कार्कीले अस्ट्रेलियन राजनीतिलाई लामो समयदेखी नजिकबाट नियाल्दै आएका थिए । यसको निरन्तरता स्वरुप सत्तारुढ पार्टीले आफूलाई उम्मेदवार बनाएको कार्की बताउँछन् । ‘
यहाँको मूल राजनितीबारे जानकार भएका कारण पनि मैले यो साहस गरेको हो र मेरो यो साहसलाई लेबर पार्टीले पनि साथ दिएको छु' ऐलेक्सले भने । उनी स्थानीय यातायात, स्कुल र स्वास्थ्यका विषयमा बढि जागरूक छन् भने त्यस अनुरूप विभिन्न कृयाकलापहरूमा उनले आफूलाई लामो समयदेखि अभ्यस्त गराउँदै आइरहेका छन ।
ऐलेक्स कार्कीलाई लेबर पार्टीले अस्ट्रेलियाको संघीय चुनावमा राज्य सांसद पदका उम्मेदवार बनाउनुलाई अष्ट्रेलियाको नेपाली समाजले गौरवको रूपमा लिएको छ -‘ सिड्नीको केलिभिल, बेलाभिष्टा, नरवेष्ट, बकमहिल्स, राउजहिलको स्थानीय जनसरोकारका मुद्दामा म आफूलाई पूर्ण रूपमा भिजाउने छु र जागरूक भएर लाग्ने छु ‘ ऐलेक्सले भने । उनले राजनीतिक मुद्दाका निम्ति उपर्युक्त योजना र त्यसको संस्थागत विकासका लागि चाहिने विकास, सडक योजना, शैक्षिक वातावरणमा सहजीकरण, हिल्स समाजलाई अत्यन्तै आवश्यक हस्पिटल र समुदायलाई चाहिंने आवश्यक सेवा र सुविधाका लागि चाहिने योजना आफूसँग रहेको बताएका छन् ।
अस्ट्रेलियाको एनएसडब्लू राज्यको निर्वाचन आगामी मार्च २५ तारिखमा हुँदैछ। एलेक्सले यस पटकको निर्वाचनमा आफ्ना क्षेत्रका तथा समग्र अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग साथ र सहयोगको अपेक्षा राखेका छन्।

अवैध १५ करोड ‘नोट काण्ड’ मा मुछिएका दिल्ली अदालतका न्यायधिसमाथी भयो कारबाही

भारतमा एक नेपालीको मृत्यु

‘सांस्कृतिक सेतु’ बन्दै कोलकाताका नेपाली भाषी

इजरायलमा पनि मनाइयो २८ औं आदिवासी दिवस

चीनले जितेको त्यो वार्ता

भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

माओ र देङ सियाओपिङकै हैसियतमा चीनका राष्ट्रपति सी

प्रतिक्रिया