सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

समयमै उपचार नपाउँदा बच्चासहित गर्भवतीको बाटोमै मृत्यु

सांकेतिक तस्बिर

कैलाली- समयमै उपचार नपाउँदा बाजुरामा एक सुत्केरीको मृत्यु भएको छ । बडिमालिका नगरपालिका- १ पिनालेख बस्ने रमेश विककी २६ वर्षीय श्रीमती जानकी विक लुवारको सुत्केरी हुन नसकि सोमबार राति बाटोमै मृत्यु भएको हो । जिल्ला अस्पताल बाजुराले रिफर गरेकी जानकीलाई बसमा महेन्द्रनगर लैजाँदै गर्दा अछाममा बाटोमा मृत्यु भएको श्रीमान रमेशले जानकारी दिए।

दोस्रो पटक गर्भवती भएकी जानकीलाई बाजुरा अस्पतालले रिफर गरेपछि बसमा महेन्द्रनगर जाँदै गरेका जानकीको अछाम र डोटीको सिमाना चौखुट्टे पुगेपछि जानकीलाई व्यथाले च्याप्दै लगेपछि जिपमा बयलपाटा अस्पताल लैजाँदै गर्दा अत्याधिक रक्तस्रावका जानकीको बाटोमा मृत्यु भएको हो । रकम अभावका कारण बसमा लानु परेको मृतकका श्रीमान रमेशले बताए ।

बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले अस्पताल आइनपुग्दै गर्भवतीको बाटोमा मृत्यु भएको र पेटमा भएको बच्चाको समेत मृत्यु भइसकेको  बताए ।