गल्याङमा अदुवाको बीउ किन्दा भ्रष्टाचार, पूर्वमेयरसहित कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अदुवाको बीउ खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हाे । गुणस्तरहीन अदुवाको बीउलाई महंगोमा खरिद गरेको आरोपमा अख्तियारले नगर प्रमुख भुपराज अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालामाथि भ्रष्टाचार मुद्दा दायर गरेको आयाेगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्ति उल्लेख गरिएकाे छ ।
स्पेशिफिकेशनमा उल्लिखित कागजातहरूको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको र पेश भएको टिप्पणी आदेश स्वीकृत गरी पटक-पटक भुक्तानी दिएकाले आपूर्तिकर्तालाई गैरकानुनी लाभ र गल्याङ नगरपालिकालाई हानी पुर्याउने कार्य गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको विज्ञप्ति उल्लेख छ ।
प्रेस विज्ञप्ति:

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया