कर्णालीकाे संसद् हाँक्ने जिम्मा महिलाको काँधमा

सुर्खेत- अघिल्लो कार्यकालमा पुरुषले नेतृत्व गरेको कर्णाली प्रदेशसभाको नेतृत्व गर्ने जिम्मा अब महिलाको काँधमा आएको छ ।
प्रदेशसभाको सभामुख र उपसभामुखमा महिला नै निर्वाचित भएपछि संसद् हाँक्ने जिम्मा महिला सांसदको काँधमा पुगेको हाे । गएको आइतबार एमालेकी सांसद नन्दा गुरुङ सभामुखमा निर्वाचित भइन् । बुधबार उपसभामुखमा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । सभामुख र उपसभामुख दुवै समानुपातिक सांसद हुन् ।
सभामुख नेकपा एमाले र उपसभामुख नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका छन् ।
अघिल्लो कार्यकालमा राजबहादुर शाहीले सभामुख पदको नेतृत्व गरेका थिए भने उपसभामुखमा पुष्पा घर्तीले नेतृत्व गर्दै आएकी थिइन् । यसपटकको कार्यकालमा भने दुवै पदमा महिलाले नै नेतृत्व गर्ने अवसर मिलेको छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया