आन्तरिक उडानका लागि निगमले थप विमान खरिद गर्नुपर्छ : कार्यकारी निर्देशक अधिकारी

काठमाडौँ- नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले आन्तरिक उडानका लागि थप विमान किन्नुपर्ने बताएका छन् ।
सोमबार नयाँ पर्यटनमन्त्री सुदन किराँतीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले निगमलाई सबैभन्दा पहिला आन्तरिक रूपमा बलियो बनाउनका लागि आन्तरिक उडानका लागि विमानहरू थप्न आवश्यक रहेको बताएका हुन् । उनले वायुसेवा निगमलाई सक्षम र सुदृढ बनाउने गरी कार्ययोजना बनाइरहेको उल्लेख गरे ।
निगमले सेवा विस्तार गर्दा नाफा नोक्सानको भन्दा पनि राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने जिकिर गरे । अधिकारीले निगमको हवाई क्षेत्रमा हुने उपस्थितिले बजार व्यवस्थापनलाई नियन्त्रण गर्ने बताए । उनका अनुसार निगमको आर्थिक अवस्थाले ३ वटासम्म विमान किन्नसक्ने भएकाले निगम आन्तरिक उडानका लागि जहाज थप्ने तयारीमा रहेको भन्दै सञ्चालक समिति र मन्त्रालयको निर्देशन हुनासाथ अगाडि बढ्न निगम तयार रहेको छ ।
उनले निगमको प्राथमिकता यात्रुको सेवामा गुणस्तरीयता बढाउने र निगमको सुधारमा तीब्रता ल्याउनु रहेको बताए । राज्यले राष्ट्रिय ध्वजावाहकलाई संरक्षण गर्न आवश्यक रहेको उनकाे भनाइ छ ।
अधिकारीले निगमको वित्तीय पुनःसंरचना नगरिएसम्म निगममा आमुल परिवर्तन हुनसक्ने अवस्था नभएको बताए ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_BdJzJc7fBS_htgipv5kokk0dqluypxadmwwon9muwrscztt9u4zryjkdwtk9ew52qoylygs.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया