कारभित्र मृत भेटिएका तीन बालकको पहिचान खुल्यो
कार यादवप्रसाद गैह्रेको पुष्टि

बुटवल : दाङको तुल्सीपुरमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालकहरूको पहिचान खुलेको छ । उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका रहेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार कारभित्र मृत भेटिएका स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवर्ण परियार र भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप परियार हुन् ।
शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ । अभिभावकहरूले १७ गते प्रहरी कार्यालयमा छोराहरू खोजिदिन निवेदन दिएका थिए । तीन बालकको शव एकै कारभित्र फेला परे पनि घटनाबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।
घटना कसले र किन गर्यो भन्ने अनुसन्धानकै क्रममा छ । प्रहरीका अनुसार कार धनी यादवप्रसाद गैह्रे रहेको पत्ता लागेको छ । उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया