बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने

काठमाडौँ- बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरले हवाई उडानलाई थप सुरक्षित बनाउने गरी काम थालनी गरेको बताएका छन् ।
आइतबार बुद्ध एयरले विमानको मर्मतसम्भार र सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक बस्नेतले हवाई यात्रालाई थप सुरक्षित बनाउन भविष्यमा आउनसक्ने चुनौतीको सामना गर्ने गरी काम गरिरहेको बताएका हुन् । उनले नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर विमानको मर्मतसम्भार र सञ्चालनका हिसाबले सुरक्षित रहेको उल्लेख गरे ।
बुद्ध एयरकाे मुख्य उद्देश्य भनेको नै वित्तीय कारोबार तथा सूचनालाई पारदर्शिता राख्ने भएको बस्नेतले जानकारी दिए । उनका अनुसार बुद्ध एयरले गत माघ १ गते भएको हवाई दुर्घटनापछि हवाई उडानलाई थप सुरक्षित बनाउनका लागि विमान मर्मत लगायतका विषयमा थप कडाइका साथ काम थालनी गरेको छ ।
नेपालमा पछिल्लो समय भइरहेका हवाई दुर्घटनाले थप चुनौती थपेकाले त्यस्तो दुर्घटना हुन नदिने विषयमा बुद्ध एयर सचेत रहेको पनि उनकाे भनाइ छ । बस्नेतले बुद्ध एयरले कुनै पनि प्राविधिक तथा अन्य सूचनाहरू लुकाउने नगरको दाबी गरे । उनले हवाई उडान, उडानको प्राविधिक पक्षको विषयमा नागरिक उड्डयनसँग निरन्तर सहकार्य रहेको भन्दै हवाई उडानका हरेक काम गर्दा प्राधिकरणसँग सहकार्य र जानकारी गर्ने गरेको बताए ।
उनले बुद्ध एयरको २५ वर्षको अनुभवमा नागरिक उड्डयनसँगको सहकार्य युनिक र फलदायी रहेको पनि जिकिर गरे ।
बुद्ध एयरले हवाई दुर्घटना बढ्दै जाँदा विमानहरू धेरै वर्ष पुराना विमानहरू नेपालमा ल्याएर उडान भर्ने गरेको भन्दै बाहिर आवाज उठेको छ । तर, अन्तरक्रिया कार्यक्रम जानकारहरूले विमानहरू पुराना नहुने बताएका छन् । उनीहरूले विमानहरू मर्मतसम्भार र पार्टपुर्जा पुरानो हुने भएकाले निश्चित समयमा पार्टपुर्जा परिवर्तन गरी हवाई उडान गर्नुपर्ने बताएका छन् ।
बुद्ध एयरले अन्तरक्रियामार्फत बुद्ध एयरले हवाई उडानलाई सुरक्षित बनाउनका लागि विमान मर्मत र पार्टपुर्जाका लागि अर्बौं लगानी गरेको बताएको छ ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_BdJzJc7fBS_htgipv5kokk0dqluypxadmwwon9muwrscztt9u4zryjkdwtk9ew52qoylygs.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया