प्रदेश-२ मा कोभिड-१९ संक्रमणबाट ६ को मृत्यु, थपिए ४२२ संक्रमित

जनकपुरधाम : प्रदेश-२ मा पछिल्लो २४ घण्टामा चार सय २२ संक्रमित थपिएका छन् । ६ संक्रमितको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका धनुषामा ११३, महोत्तरीमा ६५, सिरहामा र सर्लाहीमा ७/७, सप्तरीमा २७, रौतहटमा ३९, बारामा ३२ र पर्सामा १४५ जना संक्रमित भएका छन् । त्यस्तै अन्य जिल्ला घर भई प्रदेश २ मा बस्दै आएका ७ जना संक्रमित भएका छन ।
रौतहटमा एक, पर्सामा २ र महोतरीमा ३ गरी ६ जनाको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार रौतहटमा एक ७० वर्षिय महिला, पर्साको विरगंज महानगरपालि-७ की ६० वर्षीय पुरूष र वडा नं. ८ मा ७० वर्षीय महिलाको उपचारका क्रममा विरगंजस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै महोतरीको मनरा सिसवा नगरपालिका-९ बथनाहाका ६६ वर्षीय पुरुष, जलेश्वर नगरपालिका-१२ थरूवाहीका ८० वर्षीय पुरुष र गौशाला नगरपालिका-११ कालिकापुरमा ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
हालसम्म प्रदेको सप्तरीमा ४१, सिरहामा २६, धनुषामा २५, महोत्तरीमा २१, सर्लाहीमा १५, रौतहटमा ११, बारामा २६ र पर्सामा एक भारतीय सहित ६७ जनाको मृत्यु भइसकेको छ । हाल प्रदेशका जिल्लाहरुमा दुई हजार पाँच सय ५२ सक्रिय संक्रमित छन् । जसमध्ये दुई हजार चार सय ५५ होम आइसोलेशन र ९७ जना अस्पतालको आइसोलेशनमा उपचारत छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया