नवनिर्वाचित उपसभामुख राना भन्छिन् : पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु

काठमाडौँ- नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएकी हुन् । विपक्ष दलका सांसदहरूले समेत उठाएका इस्यूहरूलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताएकी हुन् ।
उपसभामुख राना मगरले संविधानले दिएको अधिकार भित्र रहेर संसद्को कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि जिकिर गरिन् । नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ थियो ।
उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढ्ने समेत बताइन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया