राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा सांसद मगर विजयी भएकी हुन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा उपस्थित २६४ सांसदमध्ये मगरलाई १६६ सांसदले मत दिएका छन् । उनकी प्रतिस्पर्धीका रूपमा उम्मेदवारी दिएकी कांग्रेसकी मुक्ताकुमारी यादवले भने ९७ मत मात्रै पाइन् । एक सांसद भने तटस्थ बसेका छन् ।
सत्तारूढ दलहरूको साझा उम्मेदवार रहेकी मगरलाई रास्वपाकी सांसद सोविता गौतमले उपसभामुख पदका लागि प्रस्ताव गरेकी थिइन् ।
उक्त प्रस्तावको समर्थन नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी सांसद नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गरेका थिए ।
नेपाली कांग्रेसकी सांसद यादवको उम्मेदवारीको प्रस्तावकमा कांग्रेस सह–महामन्त्री बद्रीप्रसाद पाण्डे थिए भने समर्थकमा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरी र लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्ला थिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया