नेपाल टी-ट्वान्टी लिगमा ‘स्पट फिक्सिङ’ भएको छः सिआइवी

काठमाडौँ- केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले नेपाल टी-२० क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’ भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । यही डिसेम्बर २४ देखि जनवरी ११ तारिखसम्म त्रिवि क्रिकेट मैदानमा भएको टी-ट्वान्टी लिगका क्रममा ‘स्पट फिक्सिङ’का प्रयासहरु भएको निष्कर्ष रहेको सिआइवी प्रवक्ता तथा एसपी संजय सिंह थापाले इकागजलाई जानकारी गराए ।
‘केन्द्रीय अनुसन्धान व्यूरोमा एउटा छानविन समिति गठन भएको थियो । समितिले छानविनको प्रक्रिया टुंग्याइसकेको छ । सोमबार वा मंगलबार प्रतिवेदन सार्वजनिक गर्ने छौ । प्रारम्भिक छानविनमा ‘स्पट फिक्सिङ’का प्रयासहरु भएको निश्कर्ष छ । यसमा संलग्न व्यक्तिहरु कानूनको दायरामा आउँछन्’ एसपी थापाले भने ।
अनुसन्धानका क्रममा प्रतियोगितामा सहभागी खेलाडी, पदाधिकारी तथा अन्य व्यक्तिहरुको संलग्नता देखिएको छ । प्रतियोगितामा स्पट फिक्सिङ भइरहेको कुरा सार्वजनिक भएपछि सीआईवीले अनुसन्धान सुरु गरेको थियो । फिक्सिङमा नेपाल र विदेशी खेलाडीको संलग्नता रहेको आशंका गरिएको छ । तर नाम भने सार्वजनिक गरिएको छैन ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजनाको सम्पूर्ण अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई बेचेको थियो । लिगमा स्पट फिक्सिङको कुरा उठेपछि सेभेन थ्री स्पोर्ट्सका मालिक जतिन अलुवालिया भारत गएका थिए ।
फिक्सिङको कुरा उठेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रतिनिधि समेत छानविनका लागि नेपाल आएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले पनि फिक्सिङलाई लिएर छानविन गरेको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया