पीएम कप क्रिकेटः मधेशलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौँ- सुदूरपश्चिम प्रदेश पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा शुक्रबार भएको सेमिफाइनलमा मधेश प्रदेशलाई १ सय १४ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो ।
१ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६६ रन मात्र जोड्न सक्यो । मधेशका लागि प्रतिमा साहले सर्वाधिक १९ रन बनाइन् ।
सुदूरपश्चिमका लागि मनिशा चौधरी र रितु कनौजियाले समान दुई-दुई तथा कविता कुँवर र स्नेहा महराले समान एक-एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८० रन जोड्यो । सुदूरपश्चिमका लागि कविता कुँवरले ५४ बलमा सर्वाधिक ७० रन जोड्दा विन्दु रावलले ५२ बलमा अविजित ६० रन बनाइन् । मधेशका लागि साना प्रविणले एक विकेट हात पारिन् ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया