इरानमा मारिए अल-कायदा उपप्रमुख

इरानमा अल-काएदाको दोस्रो वरियतामा रहेका कमाण्डर मारिएको खुलासा भएको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार गत अगस्ट ७ मा अबु महम्मद अल मास्रीको नामबाट परिचित अब्दुल्लाह अहम्मद अब्दुल्लाहलाई इजरायली खुफिया एजेन्सीले मारेको हो । अब्दुल्लाहलाई अमेरिकी चाहाना अनुसार मारिएको बताइएको छ ।
न्यूयोर्क टाईम्सका अनुसार अब्दुल्लाहलाई मोटरसाइकलमा आएका दुई जनाले इरानको राजधानी तेहरानमा गोली हानेका थिए । अब्दुल्लाहलाई अफ्रिकामा रहेका दुई अमेरिकी दुतावासमा बम विष्फोट गराएको आरोप लगाइदै आएको थियो । मृतक अब्दुल्लाह अल-कायदाको अहिलेका सर्वोच्च कमाण्डर एमान अल जवाहारीको बिडो थाम्ने लडाकुका रुपमा चित्रित थिए ।
खुफिया एजेन्सीको हवाला दिंदै लेखिएको समाचारमा न्यूयोर्क टाइम्सले अब्दुल्लाहको हत्यामा अमेरिकाको संलग्नताका बारेमा स्वतन्त्र पुष्टिहुन भने बाँकी रहेको जनाएको छ । तर इजिप्टमा जन्मिएका अब्दुल्लाह र उनका सहयोगीहरूलाई अमेरिकाले लामो समयदेखि खोजी गरिरहेको बताइएको छ ।
उता रोयर्टसले अब्दुल्लाह मारिएको विषयमा अमेरिकी अधिकारीहरुलाई सम्पर्क गर्दा उनीहरूले न्यूयोर्क टाईम्सको दाबीमथि कुनै टिप्पणी नगरेको बताएको छ । ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषद्ले पनि अहिलेसम्म अब्दुल्लाहको विषयमा मुख खोलेको छैन ।
अब्दुल्लाहसँगै उसकी छोरी पनि मारिएको दाबी गरिएको छ । अब्दुल्लाहको छोरीको अल–कायदाकै पूर्वप्रमुख ओसामा बिन लादेनका छोरा हाज्मा बिन लादेनसँग विवाहित रहेको उल्लेख गरिएको छ । अब्दुल्लाह सन् २००३ मा इरानमा पक्राउ गरी जेल चलान गरिएको तर २०१५ पछि उनी तेहरानमा खुल्ला हिडँडुल गर्न थालेको अमेरिकी खुफिया एजेन्टले न्यूयोर्क टाइम्ससँग दाबी गरेका छन् ।
अमेरिकाको काउन्टर टेरोरिजम ब्युरोका अधिकारीहरू इरानले अब्दुल्लाहलाई अमेरिकी अधिकारीहरू माथि आक्रमणको योजना बनाउन जेलमुक्त गरेको दाबी गर्छन् ।
अब्दुल्लाहको मृत्यले अल–कायदाको क्रियाकलापलाई कुन स्तरको व्यवधान ल्याउछ भन्ने यकिन छैन । पछिल्ला दुई दशकमा उच्च पदस्थ कमाण्डरहरू गुमाए पनि अल–कायदाले आफूलाई खाडी, पश्चिमी अफ्रिका र अफगानिस्तानमा सक्रिय राखेको छ ।
दि गार्डियनबाट

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

प्रतिक्रिया