मधेसी र थारु समुदायलाई भित्तामा धकेलेर कस्तो राष्ट्रिय सहमति चाहनुहुन्छ ?

काठमाडौँ - जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन् ।
उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे । मधेसवादी दलहरूदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै उनले प्रश्नसमेत गरे । अनुहार, जाति र समुदाय भन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न उनले आग्रह गरे। ‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको लागि कुरा आए,' उनले भने, 'यो केका लागि ? पदको लागि मात्रै हो की ? देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन । पदको लागि मात्रै किन कुरा ? दल भन्दा माथिको कुरा गरिन्छ । कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी र थारु समुदायलाई भित्तामा धकेलेर खोज्नुभएको हो । हामी दल भन्दा माथि उठ्छौँ तर तपाईहरू एउटा अनुहार, जातिको मुखौटो भन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन ? त्यो ठूलो कुरा हो ।’
सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरूलाई सम्मान गर्न संसद्मा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरूले १ मिनेट उठेर मौन धारण गरेका थिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया