पीएम कप क्रिकेटः बागमतीको सान्त्वना जित

काठमाडौँ- बागमती प्रदेशले पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा बुधबार समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३७ रनले पराजित गर्दै बागमतीले पहिलो जितसँगै प्रतियोगिताको अन्त्य गरेको हो ।
गण्डकीले भने तीनवटै खेलमा पराजय भोग्यो । यस समूहबाट सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरे ।
बुधबार १ सय ३६ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९८ रन जोड्यो । गण्डकीका लागि श्रृष्टि जैसीले ३४ तथा सिमाना केसीले ३६ रन बनाए । बागमतीका लागि अस्मिना कर्माचार्यले ३ विकेट हात पारिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन जोड्यो । बागमतीका लागि कन्चन श्रेष्ठले ५२ बलमा ९ चौकासहित सर्वाधिक ५६ रन जोडिन् । अस्मिना कर्माचार्यले १८ रन बनाइन् ।
गण्डकीका लागि कुसुम गोदार, श्रृष्टि जैसी, निरुता जिटी र सिमाना केसीले एक-एक विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया