प्रचण्डको मन्त्रिपरिषद्मा कर्णालीबाट मन्त्री शून्य

कर्णाली - नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले संघ सरकारमा कर्णाली अट्न नसकेको टिप्पणी गरेका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने दृष्टिकोण आज पनि सकारात्मक नभएको जिकिर गरे । 'कर्णालीबाट अनुभव बटुलेका नेताले जितेर गएका छन्,' उनले भने, 'तथापि मंगललबार विस्तार भएको संघ सरकारको मन्त्रिपरिषद्मा कर्णाली अट्न सकेन ।'
कर्णालीको मुख्यमन्त्रीसमेत भइसकेका नेता शाहीले नकारात्मक व्यवहार गरिएको भन्दै केन्द्रीय नेतृत्वप्रति आक्रोश व्यक्त गरे । उनले भने, 'केन्द्रले अहिले देखाएको व्यवहार हामीले साझा चिन्तन र एकमत भएर हिँड्न नसकेको परिणाम हो ।'
कर्णालीको प्रतिपक्ष गरिबी, रोग र अशिक्षा भएको उल्लेख गर्दै उनले सबै मिलेर कर्णाली निर्माणको अभियानमा हातेमालो गर्ने उदाहरणीय व्यवहार देखाउन सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गरे ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया