को बन्ला टोटनहमको नयाँ प्रशिक्षक ?

काठमाडौँ: टोटनहम नयाँ प्रशिक्षकको खोजीमा छ । क्लबका अध्यक्ष डानियल लेभीले युरोपका प्रतिभाशली प्रशिक्षकहरूमाथि नजर लगाइरहेका छन् । तर ती मध्ये धेरैले आफूलाई टोटनहमसँग जोड्न चाहेका छैनन् ।
पछिल्लो समय एरिक टेन हाग टोटनहमको प्रशिक्षक बन्ने हल्ला थियो । उनले सम्भावित स्थान्तरणका लागि टोटनहमसँग कुरा पनि गरे । तर अन्तत टेन हागले आयाक्समै रहने निर्णय लिए । उनले भर्खरै डच क्लबसँग नयाँ सम्झौँता पनि गरेका छन् ।
लेभीले आरबी लाइपजिगका युलियान नागल्सम्यानलाई पनि प्रशिक्षक बनाउने इच्छा राखेका थिए । तर नागल्सम्यानले बायर्न म्युनिखलाई आफ्नो नयाँ गन्तब्यका रूपमा रोजेका छन् । लेस्टर सिटीका ब्रेन्डन रोजर्सले पनि टोटनहमको प्रस्ताव नकार्ने सम्भावना धेरै छ । यस्तोमा लेभी दबाबमा परेका छन् । नयाँ सिजन सुरु हुनु अगावै नयाँ प्रशिक्षक नियुक्त गर्न ।
लेभीको सूचीमा थोरै नाम बाँकी छन् । राल्फ रागनिक, रोर्बटो मार्टिनेज र स्कट पार्कर । ब्राइटनका ग्राहम पोर्टरले पनि लेभीको ध्यान आकृष्ट गरेका छन् । प्रशिक्षकको खोजी गर्न नसकेकोमा लेभी अफ्ठयारोमा त छन् नै, सुपर लिगले पनि उनलाई आलोचित बनाएको छ । त्यसमाथि झन्, कारबाओ कप फाइनलको पराजय र ह्यारी केनको स्थान्तरण चाहले लेभीको बेचैनी बढाएको छ ।
टोटनहम के चाहन्छ?
लेभी आक्रमक फुटबल खेलाउने प्रशिक्षक नियुक्त गर्न चाहन्छन् । जोसे मौउरिन्होको शैली अधिकांश समर्थकले मन पराएनन् । त्यसकारण लेभीको इच्छा आर्कषक फुटबल खेलाउन सक्ने प्रशिक्षक भित्र्याउने नै हो । जसले युवा खेलाडीलाई मौका पनि दिउन् ।
टोटनहमले कसलाई प्रशिक्षक बनाउन चाहेको हो ?
टोटनहमको पहिलो रोजाइ नागल्सम्यान थिए । जर्मन प्रशिक्षक बायर्न मयुनिख जाने भएपछि लेभीको नजर बे्रन्डन रोजर्सतर्फ गयो । तर रोजर्सले टोटनहमको प्रशिक्षक बन्ने इच्छा देखाएका छैनन् । कारण ? च्याम्पियन्स लिग । टोटनहम अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना न्यून छ ।
उता लेस्टर सिटी भने लिगको तेस्रो स्थानमा छ । च्याम्पियन्स लिग नखेल्ने टोटनहमतर्फ रोजर्स किन आकर्षित हुन्थे र । उता टेन हाग आयाक्समै रहने भएका छन् । आयाक्ससँग नयाँ सम्झौँता नगरेको भए टेन हाग टोटनहम जाने सम्भावना थियो ? ‘जे पनि हुन सक्थ्यो । तर अब म यही रहन्छु,’ टेन हागको प्रतिक्रिया थियो ।
विकल्प ?
लेभीसँग अब धेरै विकल्प छैनन् । टोटनहमले धेरै वर्षअघि पनि रागनिकलाई प्रशिक्षक बनाउन चाहेको थियो । फेरि उनै रागनिक टोटनहमसँग जोडिएका छन् । रागनिकसँग फुटबल निर्देशक भएर काम गरेको अनुभव भएकाले पनि उनी टोटनहमका लागि बलियो विकल्प हुन् । टोटनहमकै पूर्व खेलाडी स्कट पार्कर पनि सूचीमा छन् ।
फुलहम प्रिमियर लिगबाट घटुवा हने अवस्थामा रहे पनि पार्करले प्रशस्तै प्रशंसक कमाएका छन् । हाल बेल्जियमको राष्ट्रिय टोलीका प्रशिक्षक रहेका मार्टिनेजले लन्डन क्लबको प्रशिक्षक बन्ने इच्छा राखेको बताइएको छ । यद्यपि उनी युरो २०२१ पछि मात्रै उपलब्ध हुनेछन् । मार्टिनेज बाहेक इटालियन प्रशिक्षक म्याक्स एलेग्री पनि लेभीको सूचीमा रहेका छन् ।
लिभरपुल तथा न्यूकासल युनाइटेडका पूर्व प्रशिक्षक राफा बेनिटेज हाल क्लबविहिन छन् । केही समय चीन बसेर फर्किएका बेनिटेज लेभीका लागि एउटा विकल्प हुनसक्छन् । यद्यपि बेनिटेज आक्रमक फुटबल खेलाउने प्रशिक्षक भने होइनन् । माउरिजियो सारी र हान्सी फ्लिक पनि टोटनहमको प्रशिक्षक बन्न चाहिरहेको बेलायती अखबारहरूले दाबी गरेका छन् ।
पछिल्लो समय लिड्स युनाइटेडका मार्सेलो बिएल्सा पनि टोटनहमसँग जोडिएका छन् । आउँदो जुनमा बिएल्साको लिड्ससँगको सम्झौँता सकिँदैछ । उनले त्यहाँ नयाँ सम्झौँता गर्छन् वा गर्दैनन्, टुङ्गो छैन । त्यसकारण पनि टोटनहमले बिएल्सालाई नजिकबाट नियालिरहेको बताइएको छ ।
बेलायती अखबार दी टेलिग्राफको सहयोगमा

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया