शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

'संक्रमण थेग्नै नसक्ने' भन्‍ने सरकारको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौँ : स्वास्थ तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको अपिलप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै समाजले संक्रमण नसक्ने भन्ने मन्त्रालयको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

'यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोबैज्ञानिक  भय र हतासा सृजना गरेको छ भने महाबिपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्युनतम दायित्वबाट एकातिर सरकार च्युत भएको देखिन्छ भने सरकार बिहिनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुखद एवं दुर्भाग्यपूर्ण छ', विज्ञप्तिमा भनिएको छ,'विश्वब्यापी महाबिपत्तिको रुपमा रहेको कोभिड संक्रमणको सामना गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आदानप्रदान गर्न जरुरी छ। संकटमा सरकार लगायत कसैले पनि संयम गुमाउनु हुंदैन । तसर्थ सबै क्षेत्र, समुदायसंग सहकार्य गर्न शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको छ ।'