सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने

काठमाडौँ- सरकारले बहुप्रतिष्ठित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने भएको छ ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज मन्त्रालयमा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेन्जर’ परियोजना भएकाले निगगढमा विमानस्थल बन्ने विश्वास व्यक्त गरे । उनले भने, 'निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जरुरी छ, त्यसलाई कसरी तीव्र गतिमा कसरी अगाडि बढाउन सकिन्छ भनेर हाम्रो तर्फबाट सम्पूर्ण बल लगाइन्छ ।'
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाइने बताएका थिए । सरकारले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरिसकेको छ ।
वातावरणको विषयले निर्माणमा विलम्ब भएको उक्त आयोजना पुनः चर्चाको विषय बनेको छ ।
मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (गत जेठ २ गतेदेखि) सञ्चालनमा आएको छ । तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि व्यावसायिक उडान सुरु भइसकेको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया