पीएम कपः सुदूरपश्चिमद्वारा एपीएफ स्तब्ध

काठमाडौँ- सुदूरपश्चिम प्रदेश पीएम कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘ए’ को विजेता बनेको छ । सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा मंगलबार नेपाल एपीएफ क्लबलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिम समूहको विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्यो । एपीएफ भने समूहको उपविजेता बन्यो ।
मंगलबार एपीएफले दिएको ९२ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । सुदूरपश्चिमकी डोली भट्टले ३३ रन जोडिन् । एपीएफकी नेरी थापाले सर्वाधिक ३ विकेट हात पारिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन जोड्यो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक २६ रनको योगदान गरिन् । रोमा थापाले १५ रन जोडिन् ।
सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक ३ तथा रितु कनौजियाले २ विकेट लिए । कविता कुँवर र मनिषा चौधरीले एक-एक विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया