शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

शिक्षामन्त्रीकाे प्रतिबद्धता : सङ्घीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाउँछु

काठमाडौँ- ​नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् ।

मन्त्री खनालले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने बताए । शिक्षा क्षेत्रमा यसअघि काम गरेको आफ्नो अनुभवसमेतका आधारमा मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याउने उनले उल्लेख गरे ।

उनले सङ्घीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षामन्त्री खनालले विद्यालयमा शिक्षकको दरबन्दी समायोजनसहित समयमा नै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने बताए ।

त्यस्तै उनले कोभिडपछिको सिकाइ र भोगाइका आधारमा शिक्षा क्षेत्रको समग्र विकास एवम् गुणस्तर सुधारका पक्षमा आवश्यक नीतिगत व्यवस्था गर्ने जानकारी दिए ।