पुस्तक मेलाको तयारी पूरा

काठमाडौँ- माघ ५ देखि ७ गतेसम्म भक्तपुरको महेश्वरी बैंक्वेटमा हुने स्टुडेन्टस् बुक फेयरको तयारी अन्तिम चरणमा पुगेको आयोजक बुक क्लब भक्तपुरले जनाएको छ । पुस्तक मेलामा २० भन्दा बढी पुस्तक प्रकाशक तथा वितरण संस्थाको सहभागिता रहने भएको छ ।
मुख्यतः विद्यालय र कलेज स्तरका बालबालिका र किशोरकिशोरीबीच पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित बुक फेयरमा सो उमेर समूहका लागि उपयुक्त पाठ्य सामग्री सहुलियत दरमा बिक्री वितरण हुने बताइएको छ ।
पुस्तक मेलाका क्रममा विभिन्न कार्यक्रम पनि हुने भएको छ । मेलाको उद्घाटन कार्यक्रममा रंगकर्मी सुनिल पोखरेल, शिक्षक योगेन्द्रमान बिजुक्छें र साहित्यकार बिना थिङले नयाँ पुस्ताबीच पाठक संस्कृतिको प्रवर्द्धनबारे प्रवचन दिने कार्यक्रम रहेकाे छ ।
माघ ७ गते पोषणविज्ञ डा. अरुणा उप्रेतीले किशोरकिशोरीको स्वास्थ्य र पोषणबारे व्याख्यान दिने बताइएको छ । सो क्रममा किशोरकिशोरीबीच पुस्तक अध्ययनबारे अन्तरक्रिया, कथा र कविता वाचन तथा सांगीतिक कार्यक्रम हुनेछ ।
त्यस्तै प्रदर्शनमा भक्तपुरको मौलिक खानाका परिकार समेत पाइनेछ ।
मेलामा चलचित्र प्रदर्शनी, मृत्तिका कला, कला कार्यशाला, लिपि कार्यशाला, कार्टुन कार्यशाला आदि कार्यक्रम पनि भएको आयोजकले जनाएको छ । मेलामा प्रवेश निःशुल्क हुनेछ ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया