रेखा शर्मा : सैनिक हिरासतदेखि सञ्चार मन्त्रीसम्म

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सांसद रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री भएकी छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी दाङ–२ बाट निर्वाचित भएकी थिइन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई १ सय ९६ मतान्तरले हराएकी थिइन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र पोखरेल हारेपछि रेखालाई उपराष्ट्रपति बनाएर सांसद पदबाट राजीनामा दिन लगाउने विषयमा समेत छलफल चलेको थियो । तर, शर्माले उपराष्ट्रपति पद अस्वीकार गरेपछि त्यो विषय हराएको थियो । एमाले महासचिवलाई हराएर निर्वाचित भएकै कारण पनि उनको मन्त्री बन्ने चर्चा चलेको थियो ।
मंगलबार राष्ट्रपतिबाट शपथ लिएसँगै उनले मन्त्रालयमा कार्यभारसमेत सम्हालिसकेकी छन् ।
यसअघि शर्मा दुईपटक समानुपातिक प्रणालीबाट सांसद भइसकेकी छन् । पहिलोपटक २०७० को दोस्रो संविधान सभा निर्वाचनमा उनी समानुपातिक सांसद बनेकी थिइन् । २०७४ को निर्वाचनमा पनि उनी समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् ।
२०४२ सालबाट अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीति हुँदै शर्माले आफ्नो राजनीतिक यात्राकाे सुरुवात गरेकी हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनी वाइसियलको केन्द्रीय सदस्य हुँदै २०५७ मा माओवादीको केन्द्रीय सदस्य बनेकी थिइन् ।
शर्मा २०७२ सालमा सामान्य प्रशासन मन्त्री भएकी थिइन् । सामान्य प्रशासन मन्त्री बनेकी रेखाले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत भएर काम गरेकी छन् ।
उनी २०७० मा माओवादी केन्द्रको संसदीय दलको सचेतक बनेकी थिइन् भने २०७२ मा प्रमुख सचेतक भएकी थिइन् ।
सशस्त्र द्वन्द्वको समयमा २०५८ सालमा एक वर्ष सैनिक हिरासतमा समेत बसेकी थिइन् ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया