विमला राई : राष्ट्रिय योजना आयोगको सदस्यदेखि परराष्ट्र मन्त्रीसम्म

काठमाडौँ– नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी विमला राई पौड्याल परराष्ट्र मन्त्री बनेकी छिन् । एमालेले उनलाई परराष्ट्र मन्त्री बनाएको हो । उनले मंगलबार राष्ट्रपतिबाट पद् तथा गोपनियताको सपथ लिएकी छिन् ।
विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिसँग नजिक रहेकी राईले लण्डनको म्यानचेस्टर युनिभर्सिटीबाट अर्थशास्त्र र ग्रामिण विकाश व्यवस्थापनमा एमए गरेकी हुन् भने नेदरल्याण्ड्सबाट विकाश अध्ययनमा विद्यावारिधि गरेकी हुन् ।
लामो समयदेखि विकास विज्ञका रूपमा गैरसरकारी संस्था एक्सन एड नेपालमा काम गरेकी छिन् । विमलाले सुरुमा कृषि व्यवसायीका रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् ।
तर, उनले आफूलाई विस्तारै विकास नीति निर्माता र योजनाकारका रूपमा चिनाउँदै लगिन् । उनी १७ वर्षभन्दा बढी समयदेखि विकास क्षेत्रमा सक्रिय रूपमा संलग्न थिइन् ।
मन्त्री राई २०७४ फागुनमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनित भएकी थिइन् । तत्कालीन नेकपाको अर्थ तथा योजना समिति सदस्य थिइन् । उनको राष्ट्रिय सभा सदस्यको पदावधि २०८० फागुनसम्म मात्र छ ।
२०७१ सालमा १६ महिना राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेको समेत उनको अनुभव छ ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया